ट्रम्पको भ्रमणमा टोकियोमा १८ हजार प्रहरी परिचालित हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जापान भ्रमणलाई लिएर उच्च सुरक्षा सतर्कता सुरु भएको छ ।

टोकियो महानगरीय प्रहरी विभागले सोमबारदेखि सुरु हुने अमेरिकी राष्ट्रपति ट्रम्पको टोकियो भ्रमणअघि उच्च सतर्कता सुरु गरेको हो ।

प्रहरीले विशेष सुरक्षा मुख्यालय स्थापना गरेको छ भने सुरक्षाका लागि करिब १८ हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।

टोकियोको मिनातो वार्डमा रहेको अमेरिकी दूतावास वरपर सवारी जाँच चौकी र गार्ड कुकुरहरू प्रयोग गरी गस्ती सुरु गरिएको छ ।

आपत्कालीन अवस्थाको तयारीका लागि प्रहरीले सबमेसिन गनसहितका हतियारसहितको टोली, विस्फोटक सामग्री निष्क्रिय तथा रासायनिक सुरक्षा इकाई, ड्रोनहरू सामना गर्न सक्ने इकाई र विस्फोटक वस्तु पत्ता लगाउन सक्ने कुकुरहरू समेत परिचालन गरिनेछ ।

ट्रम्पको भ्रमण अवधिभर आगामी बुधबारसम्म महानगरीय एक्सप्रेसवेसँगै मध्य टोकियोका अन्य सडकहरूमा सवारी सञ्चालनमा समेत प्रतिबन्ध लगाइनेछ ।

योसँगै प्रमुख रेल स्टेसनहरूमा गस्ती बढाइनेछ । ट्राफिक जाम बढी हुने क्षेत्रमा सकेसम्म निजी सवारी साधान सञ्चालन नगर्न महानगरीय प्रहरी विभागले अनुरो गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?