
एक साताअघि आफैंले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको निधन भएको छ ।
उनको शुक्रबार बिहान उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो ।
पौडेलले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको रेकर्डिङ स्टुडियो रहेको कार्यालयमै आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।
उनलाई तत्कालै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । गायिका पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेल जाहेरी लिएर प्रहरी वृत्त सिंहदरबार पुगेका छन् ।
उनले गायक गिरीले आफ्नी बहिनीको हत्या गरेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान अघि बढाउनुपर्ने माग गरेका छन् ।







