१५ वटा नयाँ दलले दर्ताका लागि दिए आयोगमा निवेदन

आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन घोषणा भएसँगै विभिन्न १५ वटा नयाँ दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन घोषणाअघि १० र घोषणापछि पाँच वटा दल दर्ताको निवेदन आएको र कागजात विचाराधीन रहेको आयोगले जनाएको छ ।

जेनजी आन्दोलनपछि युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम सुरु भएको छच । निर्वाचन घोषणापछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसहित जेनजी आन्दोलनका अगुवाले नयाँ दल दर्ताको निवेदन दिएका छन् ।

दर्ताका लागि प्रक्रिया पुग्नेहरुको आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
आयोगमा यसअघि एक सय २२ दल दर्ता भएकामा यसबीचमा दुई दल विभाजन भई एक सय २४ दल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?