
जापानबाट श्रीमतीलाई फोन गरी भोलि नेपाल आउँदैछु भनेर एक युवा सम्पर्कविहीन भएका छन् ।
बझाङका ३८ वर्षीय अर्जुनबाबु सुवर्णकारले असोज २१ गते टेलिफोन गरेर आफू नेपाल फर्किन लागेको जानकारी दिएका थिए । तर उनी त्यसपछि सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता छाएको छ ।
बझाङको जयपृथ्वी नगरपालिका–१० का उनी गत जेठमा मात्रै जापान पुगेका थिए । तर जापान गएको ६ महिना पनि नपुग्दै गत मंगलबार राति श्रीमती चम्फा देवीलाई भोलिपल्ट नेपाल आउने टिकट रहेको बताएका थिए ।
वैदेशिक रोजगारीका लागि जापान पुगेका उनले आफू बिरामी भएको र काम गर्न नसक्ने भन्दै नेपाल फर्किन परिवारसँग खर्च मागेका थिए ।
तर नेपाल आउने टिकट समेत काटिसकेको बताएका अर्जुन रहस्यमय रुपमा बेपत्ता भएपछि परिवारमा चिन्ता बढेको छ । परिवारले उनको खोजीका लागि सहयोग गरिदिन अनुरोध समेत गरेका छन् ।







