बडादसैंको पाँचौ दिन स्कन्दमाताको पूजा गरिँदै

नेपालीहरुको महान पर्व बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआरधना गरी मनाइँदैछ ।

दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ देवीका रुपमा स्कन्दमातालाई पुज्ने गरिन्छ ।

नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डादेवीको पूजा गरिन्छ भने आज पाँचौ दिन स्कन्दमाताको पूजा गरिदै छ ।

आजका दिन शक्ति स्वरुवा देवी गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लाग्ने गरेको छ ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?