विजयादशमीको टीकाको अन्तर्राष्ट्रिय साइत, जापानमा कतिबेला उत्तम ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने हिन्दू नेपालीहरुका लागि लक्षित गरी विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

नेपालमा मात्रै विजयादशमीको टीकाको साइत सार्वजनिक गरिने गरेको भए पनि विश्वभर अध्ययन र रोजगारीका लागि ठूलो संख्यामा विदेशमा रहेका नेपालीका लागि लक्षित गरी अन्तर्राष्ट्रिय साइत पनि निकाल्न थालिएको हो ।

अन्तर्राष्ट्रिय साइतमध्ये जापानमा २ अक्टोबरका दिन ११ बजेर ३१ मिनेटमा शुभसाइत रहेको छ ।

देश विदेशमा छरिएर रहेका नेपालीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?