
जापानस्थित नेपाली राजदूतावास सोमबार बन्द हुने भएको छ । दूतावासले एक सूचना जारी गर्दै सोमबार राजदूतावास बन्द रहने जानकारी दिएको हो ।
हिन्दू नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादसैंको पहिलो दिन घटस्थापना परेका कारण सोमबार राजदूतावास बन्द रहने सूचनामा उल्लेख छ ।
सोमबार बन्द रहे पनि मंगलबारदेखि राजदूतावासका कामकारबाही सुचारु हुनेछन् ।








