कोटेश्वर भाटभटेनीमा मृत भेटिएकाको पहिचान खुल्यो

कोटेश्वरस्थित भाटभटेनीमा मृत भेटिएको शवको पहिचान खुलेको छ । उनी रामेछाप खाँडादेवी गाउँपालिका–६ का २२ वर्षीय विकास रसाइली भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शरीर पूर्ण रुपमा जलेको अवस्थामा भेटिएकाले सुरुमा शवको पहिचान खुल्न सकेको थिएन ।

योसँगै जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । यसअघि चुच्चेपाटीस्थित भाटभटेनीबाट जलेको अवस्थामा ७ वटा शव भेटिएको थियो ।

यी शव पनि अस्थिपञ्जरमात्रै भेटिएकाले पहिचान हुन सकेको छैन । यी सबै शवहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?