लोकदोहोरी प्रेमीका लागि नयाँ – ‘केश राम्रो चमेली’ सार्वजनिक

टाेकियाे– नेपाली लोकसंगीतप्रेमीका लागि विशेष उपहार स्वरूप लोकदोहोरी गीत ‘केश राम्रो चमेली’ सार्वजनिक भएको छ। चर्चित गायक गणेश ढकाल र लोकप्रिय गायिका रचना रिमालको मधुर स्वरमा सजिएको यो गीतले परम्परा र आधुनिकताबीचको सुन्दर मेल प्रस्तुत गरेको छ।

गीतका मनमोहक शब्दहरू महेन्द्र विश्वकर्माले रचेका हुन् भने, संगीत रचना, निर्माण र स्वर स्वयं गायक गणेश ढकालकै रहेको छ। आकर्षक संगीत संयोजन याम थापा मगरले गरेका छन्, जसले गीतलाई थप जीवन्त र नृत्यमय बनाएको छ।

भिडियोमा सञ्जय श्रेष्ठ र रेशमा श्रेष्ठको रमाइलो अभिनय, बिपिन क्षेत्रीको उत्कृष्ट छायांकन, बिजन श्रेष्ठको ड्रोन क्यामेरा प्रस्तुति, तथा सम्पादन र रंग संयोजनमा क्रमशः रेश्मा श्रेष्ठ र सञ्जय श्रेष्ठको योगदान देख्न सकिन्छ। सम्पूर्ण निर्देशन गिर्मान कुमालले गरेका छन्।

यो गीतले पारिवारिक उत्सव, विवाह समारोहदेखि सांस्कृतिक जमघटसम्मको माहोललाई झन् रमाइलो बनाउन सक्ने विश्वास गरिएको छ। परम्परागत धुनमा आधुनिक शैलीको प्रस्तुति भएकाले यो गीत नेपालभित्र मात्र होइन, विदेशमा रहेका नेपाली समुदायबीच पनि लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।

हेर्न नबिर्सनुहोस्: केश राम्रो चमेली https://www.youtube.com/watch?v=dXeOcw76IwM&list=RDdXeOcw76IwM&start_radio=1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?