प्रधानमन्त्रीमा नियुक्त कार्कीलाई जापानको बधाई

जापानले जेन–जी आन्दोलनको बलमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीलाई बधाई दिएको छ ।

काठमाडौंस्थित जापानी राजदूतावासले एक पोस्टमार्फत शुभकामना दिँदै नयाँ सरकारलाई आफ्नो सहयोग जारी राख्ने बताएको छ ।

जेन्जी आन्दोलन हुँदा आन्दोलनको पक्षमा सार्वजनिक विज्ञप्ति जारी गर्नेमध्ये जापान पनि एउटा देश हो ।

जापान सरकारले नेपालले सकेसम्म चाँडो शान्तिपूर्ण र लोकतान्त्रिक संक्रमण पूरा गरोस् भन्ने प्रबल आशा व्यक्त गरेको छ ।

जापान सरकारले नेपाल र जापानबीचको दीर्घकालीन सौहार्दपूर्ण सम्बन्धलाई अझ सबल बनाउन नेपालको विकास र समृद्धिको लागि आफ्नो सहयोग निरन्तर जारी राख्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?