जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

भदौं २३ र २४ गते भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

काठमाडौं उपत्यका र बाहिरका अन्य जिल्लामा गरी ५१ जनाको मृत्यु भएको पुष्टि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले गरे ।

मृत्यु हुनेमा तीन जना प्रहरी र एक जना भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको हो ।

पहिलो दिनको प्रदर्शनको क्रममा २१ जनाको मृत्यु भएको थियो । यसरी मृत्यु हुनेमा यही मौकामा जेलबाट भाग्न खोजेका ९ जना कैदी समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?