गोरखा केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प

नेपालको गोरखा जिल्लामा मंगलबार बिहानै भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु बनाएर मंगलबार बिहान करिब सवा ६ बजे भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

सानो भूकम्प भएका कारण क्षति भएको जानकारी भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?