
जापानको फुकुओका शहरस्थित सावारा वार्डमा रहेको एक अपार्टमेन्टको प्रवेशद्वारको छतमा बेहोस अवस्थामा फेला परेकी ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।
उनी अपार्टमेन्टको छैटौं तलाको बालकनीमा १.२ मिटर अग्लो रेलिङ नाघेर खसेको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाका बाबुले दिउँसो करिब साढे १ उनलाई प्रवेशद्वारको छतमा देखेलगत्तै प्रहरीलाई जानकारी गराएका थिए ।
टाउकोमा गम्भीर चोट लागेकी बालिकालाई तत्काल अस्पताल लगिएको थियो । तर प्रहरीले अस्पताल पुर्याएको डेढ घन्टामा बालिकाको मृत्यु भएको घोषणा गरेका थिए ।
प्रहरीका अनुसार ३ वर्षीया बालिका मियो ताकेउची आफ्ना बाबुआमा र दिदीसँग बस्दै आएकी थिइन् । घरमा परिवारका सबै सदस्य घरमै भएका बेला सो घटना भएको बताइएको छ ।







