
दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्योङ पदभार सम्हालेपछि आफ्नो पहिलो जापान भ्रमणका क्रममा टोकियो आउँदैछन् । जापान भ्रमणका क्रममा उनले प्रधानमन्त्री इशिबा शिगेरुसँग शिखर वार्तामा सहभागी हुनेछन् ।
गत जुनमा राष्ट्रपतिको पद सम्हालेका उनले आर्थिक र अन्य क्षेत्रमा जापानसँगको सम्बन्धलाई प्राथमिकता दिने बताएका थिए ।
शिखर वार्ताका क्रममा राष्ट्रपति जे–म्योङ र इशिबाबीच आर्थिक सहयोग आदान–प्रदान र अन्य माध्यमबाट द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा छलफल हुनेछ ।
वार्तामा परमाणु र मिसाइल विकास जारी राखेको उत्तर कोरियाका आक्रामक गतिविधिबारे समेत साझा धाराणा बनाउने कोशिस गर्ने बताइएको छ ।
योसँगै दुवै देशको साझा सहयोगी अमेरिकासँगको त्रिपक्षीय सहयोग बलियो बनाउने विषयमा पनि कुराकानी हुने जापानी सञ्चारमाध्यमले जनाएका छन् ।







