
अमेरिकाले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेका छ । विदेश मन्त्रालयले अमेरिकी कानुन उल्लंघन गरेको र तोकिएको अवधिभन्दा बढी समय बसेको भन्दै ६ हजार बढी विद्यार्थीकोद भिसा रद्द गरेको हो ।
यसरी भिसा रद्द गरिएकामध्ये प्यालेस्टाइनको पक्षमा आन्दोलनमा जोडिएका वा प्यालेस्टाइनको पक्षमा अभिव्यक्ति दिएको आरोप लागेकादेखि मादक पदार्थ सेवन गरी गाडी चलाउने र चोरीमा संलग्न भएकाहरु समेत रहेको बताइएको छ ।
अमेरिकाले प्यालेस्टाइनको पक्षधरलाई हमास र आतंकवादका संरक्षक भएको तथा यहुदी विरोधी व्यवहार गरेको आरोप लगाइएको छ । योसँगै अमेरिकाले भिसाका लागि आवेदन गरेका हजारौंको भिसा समेत रोकेको रोयटर्सले जनाएको छ ।
यस्तो कारबाहीलाई ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिसँग समेत जोडेर हेरिएको छ । अमेरिकी विदेश मन्त्रालयले भिसा रद्द गरिएकामध्ये चार हजारलाई कानुन उल्लंघन गरेको आरोपमा रद्द गरिएको उल्लेख गरेको छ ।







