दक्षिण कोरियाका राष्ट्रपति यही महिना जापान आउने

दक्षिण कोरियाका राष्ट्रपति जे–म्योन जापानका प्रधानमन्त्री शिगेरु इशिबासँग वार्ताका लागि २३ र २४ अगस्टमा जापान भ्रमणमा आउने भएका छन् ।

दुवै देशले बुधबार दुई देशबीच उच्च स्तरीय वार्ता हुन लागेको पुष्टि गरेका हुन् । जापान भ्रमणपछि राष्ट्रपति जे म्योन २५ अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि वासिंगटन जानेछन् ।

जे–म्योन र इशिबाबीच गत जुनमा क्यानडामा भएको जी–७ शिखर सम्मेलनका क्रममा पहिलो पटक छलफल भएको थियो । जुन भेटमा सम्बन्ध निकट बनाउने र एक अर्को देशको भ्रमण गर्ने सहमति बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?