तीन वर्षपछि जापानी कम्पनीहरूको नाफामा गिरावट

जापानी कम्पनीहरुको नाफामा तीन वर्षपछि पहिलोपटक गिरावट देखिएको छ ।

टोकियो स्टक एक्सचेन्जमा सूचीकृत प्रमुख जापानी कम्पनीहरूको अप्रिल–जुन २०२५ त्रैमासिकको कुल नाफामा गत वर्षको तुलनामा १०.२ प्रतिशतले गिरावट आएर ११ हजार २७७.३ अर्ब येन भएको छ ।

जापानी कम्पनीहरुले तीन वर्षमा पहिलोपटक नाफामा गिरावटको सामना गरिरहँदा अटोमोबाइल क्षेत्रको नाफामा ४० प्रतिशतसम्मको गिरावट देखिएको निप्पोन डट कमले उल्लेख गरेको छ ।

अमेरिकाले लगाएको नयाँ भन्सार शुल्कका कारण निर्यात महंगो हुँदा कम्पनीहरुको नाफामा कमी आएको हो । वालस्ट्रिट जर्नल र फाइनान्सियल टाइम्सका अनुसार टोयोटाको पहिलो त्रैमासिक नाफामा ३७ प्रतिशतको गिरावट आउँदै कुल वार्षिक पूर्वानुमान समेत घट्ने देखिएको छ ।

यसैगरी होण्डाको नाफा लगभग ५० प्रतिशत भएको छ ।

बैंक अफ जापानको सर्वेक्षणअनुसार केही ठूला निर्माता कम्पनीहरुको ‘बिजनेस कन्फिडेन्स केही सुधारिएको भए पनि आगामी अझै केही समय नाफामा उल्लेख्य वृद्धि नहुने देखिएको छ ।

यस अवधिको तथ्यांक र प्रमुख कम्पनीहरुको रिपोर्ट अनुसार टोयोटा, होण्डा र अन्य मुख्य क्षेत्रहरुको नाफामा गिरावट देखिएको हो ।

अमेरिकी भन्सार शुल्क, येनको मूल्यमा आएको वृद्धि र चीनबाट सस्तो उत्पादनको आयातले पनि जापानी कम्पनीहरु प्रभावित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?