थालीमा राहत: चामल सस्तो बनाउन सरकारको आक्रमक योजना, ५ किलोको २ हजार येनसम्म झार्ने लक्ष्य !

टोकियो : जापान सरकारले हाल देखिएको चामल संकट समाधान गर्न ठूला कदमहरू चालेको छ। कृषि मन्त्री शिन्जिरो कोइजुमीले ५ किलोग्राम चामलको मूल्य ३ हजार येन सम्मकाे मुल्यमा झार्ने लक्ष्य राखेका छन्, र सरकार स्टकमा रहेको चामल २ हजार येनमा बिक्री गर्ने तयारीमा छ।

सरकारले आपतकालीन भण्डारणको चामल मार्च २०२५ देखि बजारमा ल्याउन थालेको छ, र मे देखि जुलाईसम्म प्रत्येक महिना १ लाख टन चामल वितरण गरिनेछ । नयाँ वितरण प्रणाली अन्तर्गत जुन २०२५ बाट स्टक गरिएको चामल सस्तो मूल्यमा बिक्री गरिने छ।

साथै, लिलामी प्रणाली हटाएर, प्रत्यक्ष सम्झौताबाट चामल वितरण गर्ने र थोक विक्रेतालाई बाइपास गरी खुद्रा पसल र अनलाइनमार्फत उपभोक्तासम्म पुर्‍याउने योजना बनाइएको छ ।

मे २०२५ मा ५ किलो चामलको मुल्य औसत ४ हजार २ सय १४ येन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो। सरकारको पहल सफल भएमा, आम उपभोक्ताले चामल सस्तो र भरपर्दो रूपमा पाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?