जापानी येन झन कमजोर, एक लाखका लागि ११ मान ३ हजार तिर्नुपर्ने

पछिल्ला केही महिनादेखि जारी जापानी येनको अवमूल्यन अझै जारी छ । सुस्त गतिमा जापानी येनमा सुधार हुने आशा गरिरहेका बेला बुधबार पुनः जापानी येनको बिनिमयदर अन्तर्राष्ट्रिय बजारमा खस्किएको हो ।

१३ तारिख बुधबार बेलुका ५ बजेसम्म येन विनिमयदर १४७ येनदेखि २८ सेनसम्म पुगेको हो । जुन अघिल्लो दिनको तुलनामा ४६ सेनले कम हो ।

साथै युरोसँगको विनिमयमा एकै दिन ९३ सेन कमजोर भएको छ । युरो बलियो बन्ने क्रममा १ युरोको १५८ येन २३ सेनसम्म पुगेको छ ।

हालै कच्चा तेलको मूल्य बढेका कारण अमेरिकामा मौद्रिक कडाई लम्बिने र लडर सहज रुपमा खरिद हुने बजारमा विश्वास बढ्दै जाँदा अन्य मुद्राहरुमा असर परेको छ ।

जापानी येन कमजोर हुँदा नेपालीहरु समेत प्रभावित बनेका छन् । जापानबाट रेमिट्यान्स गर्ने नेपालीले १ लाख नेपाली रुपैयाँका लागि ११ मान ३ हजारसम्म तिर्नुपरेको छ । जुन एक वर्षयताकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?