
जापानको राजधानी टोकियोमा एक चित्र प्रदर्शनी जारी छ । यसमा एक जापानी महिलाको तस्बिर पनि छ, जो चार दशकभन्दा अघि उत्तर कोरियाली एजेन्टको अपहरणमा परेकी थिइन् ।
महिलाकी आमाले आफू जीवित हुँदै आफ्नी छोरीलाई फिर्ता ल्याउन सहयोग गर्न आग्रह गरिन् ।
योकोता मेगुमी त्यसबेला १३ वर्षकी थिइन् । सन् १९७७ मा जुनियर हाईस्कलबा必利勁 ट फर्किने क्रममा उनलाई उत्तर कोरियाली एजेन्टले अपहरण गरेका थिए ।
बुधबार सुरु भएको प्रदर्शनी मेगुमीकी आमा साकिएका छिमेकीले आयोजना गरेका हुन् । यो मुद्दाको समाधानका लागि जन समर्थन जुटाउन प्रदर्शनी आयोजना गरिएको हो ।
यो प्रदर्शनीमा करिब १७० वस्तुहरु देखाइएको छ । जसमा मेगुमीका कपडा, किताब कपी समेत सामेल छन् । यसरी प्रदर्शन गरिएका केही तस्बिर मेगुमीका बाबु शिगेरुले खिचेका थिए । उनको तीन वर्षअघि मृत्यु भइसकेको छ ।
साकिएले आगन्तुकसँग मेगुमी हँसिली र ऊर्जावान छोरी भएको बताइन् । उनी आफ्नी छोरी ठीकठाक र जीवित रहेको विश्वास व्यक्त गर्दै छोरीले जापानी भूमिमा फेरि पाइला टेकेको हेर्न चाहन्छिन् ।
८७ वर्षीया साकिएले आफ्नो जीवनकालमै सरकारले कुनै परिणाम निकाल्ने अपेक्षा गरेको बताइन् ।
जापान सरकारले सन् १९७०–८० को दशकमा उत्तर कोरियाली एजेन्टले कम्तीमा १७ जना जापानीको अपहरण गरेको बताउदै आएको छ ।
सन् २००२ मा एक द्विपक्षीय शिखर सम्मेलनपछि ५ अपहृतलाई फिर्ता गरिएको थियो । तर अन्य १२ जनाको अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन ।







