
जापानको सबैभन्दा ठूलो ग्रीष्मकालीन महोत्सवमध्ये एक पूर्वोत्तर सहर आओमोरीमा प्रसिद्ध नेबुता झाँकी सुरु भएको छ ।
आओमोरी नेबुता महोत्सवमा नेबुता नामक विशाल झाँकीसहितको र्याली निकालिन्छ । जसमा ऐतिहासिक योद्धाहरुलाई अंकित गरिएको हुन्छ ।
परेड बुधबार साँझ ७ बजे सुरु भयो । यसको सुरुवात लगभग ५ मिटर अग्लो विशाल झाँकीबाट भएको हो ।
हानेतो नामक नर्तक, झाँकीको चारैतिर बाँसुरी ढोल बजाएर नाच्दै गरेको देखिन्छ । गत वर्ष कोरोना भाइरसको महामारीका कारण सीमित मानिसलाई मात्रै सहभागी हुने अनुमति दिइएको थियो ।
यो महोत्सव सोमबारसम्म जारी रहनेछ । अन्तिम साँझ ठूला आतिशबाजी समेत गर्ने गरिन्छ ।







