
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनलाई बुधबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा शपथ गराएका हुन् ।
यसअघि उनी असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत हस्ताक्षर लिएर मुख्यमन्त्री बनेका थिए ।
तर सर्वोच्च अदालतले सभामुखको समर्थनमा सरकार बनाउनु संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो ।
मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर ४७ सांसदको समर्थनमा थापा मुख्यमन्त्री भएका थिए ।







