जापानमा खाद्य पदार्थको मूल्य बढ्दा महंगी बढ्यो

जापानी बजारमा लगातार मूल्यवृद्धि हुँदा समग्र उपभोत्ता सूचकांक अर्थात सीपीआईमा वृद्धि तीव्र बनेको छ ।

गृह मन्त्रालयले जुनमा सीपीआईमा पछिल्लो वर्षको तुलनामा ३.३ प्रतिशत वृद्धि भएको जनाएको छ । यसअघि मे महिनामा यो वृद्धि ३.२ प्रतिशत थियो ।

यो सूचकांकमा ताजा खाद्य पदार्थको मूल्य सामेल गरिदैन । केही खाद्य पदार्थको मूल्यमा वृद्धि हुँदा जुनमा खाद्य सूचकांक एक वर्षअघिको तुलनामा ९.२ प्रतिशतले बढेको छ ।

मौसम अनुसार मूल्यमा फेरबदल हुने भएकाले ताजा खाद्य वस्तुलाई यो सूचकांकमा सामेल गरिदैन ।

मे महिनामा यस्तै वृद्धि देखिएको थियो । जुन पछिल्लो ४७ वर्षयताकै उच्च थियो । अण्डाकाे मूल्यमा ३५.७ प्रतिशत वृद्धि भएको छ भने कोल्ड डिङ्क्स र ह्यामबर्गरमा क्रमशः १७.४ र १७.१ प्रतिशत मूल्य बढेको छ ।

犀利士 />

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?