
जापानले तालिबान नियन्त्रित अफगानिस्तानका ११४ जनालाई शरणार्थीको मान्यता दिएको छ ।
आप्रवासन सेवा एजेन्सीका अनुसार शरणार्थी मान्यता पाउने उनीहरु सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि अफगानिस्तान छाडेर जापान आएका ८ सय जनामध्येका हुन् ।
स्रोतका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग संगठन जाइकाको अफगानिस्तान कार्यलयका लागि काम गर्ने र उनीहरुका नातेदारलाई शरणार्थीको मान्यता दिइएको हो ।
शरणार्थी मान्यता पाएका उनीहरुले जापानमा आफ्ना आवश्यकता पूर्तिका लागि स्थायी रुपमा बस्न पाउनेछन् ।
केही मानवअधिकारवादी संगठनहरुले शरणार्थीको मान्यता दिने जापानको मापदण्ड पश्चिमा देशको तुलनामा निकै कडा रहेको भन्दै आलोचना भइरहेका बेला केही अफगानीलाई शरण दिएको खबर बाहिर आएको हो ।






