पश्चिमी जापानमा भीषण वर्षा

पश्चिमी जापानमा भारी वर्षा भएपछि जनजीवन अस्तव्यस्त भएको छ । मौसम विभागले आम मानिसलाई बाढीपहिरो आउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

जापान सागर नजिकैका इलाकामा भारी वर्षा भइरहेको हो । यामागुची, हिरोसिमा, शिमाने, फुकुओका र ओइता प्रिफेक्चरका केही स्थानमा भूस्खलनको जोखिम रहेको भन्दै सतर्क हुन अनुरोध गरिएको छ ।

शिमाने र यामागुची प्रिफेक्चरमा ४८ घन्टाको अवधिमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । यामागुची, हिरोसिमा र सागा प्रिफेक्चरमा केही नदीमा पानीको बहाब खतराको चिह्नभन्दा माथि पुगेको छ ।

जापानको मुख्य द्विप होन्सुमाथि सक्रिय मौसमी चक्र रहेकाले मंगलबारसम्म भारी वर्षा हुने अनुमान छ ।

अधिकारीहरुले वर्षासँगै चट्याङ र हावाहुरी आउने सम्भावना रहेको समेत जनाएको छ । मौसम विभागले बाढी र नदीको बढ्दो जलस्तरका कारण सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

樂威壯 6/Eazy_pp_size_poster-share-650×338.jpg” alt=”” class=”wp-image-196412″ width=”842″ height=”438″/>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?