एसईई परीक्षाको नतिजा सार्वजनिक, २२ हजार ४७५ जनाले ल्याए ए प्लस

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक भएको छ ।

परीक्षामा ३.६ देखि ४ जीपीए अर्थात ए प्लस ल्याउनेको संख्या २२ हजार ४७५ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यो कुल परीक威而鋼 ्षार्थीको २.९ प्रतिशत हो ।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९, २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ र २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।

एसईईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?