जापान र उत्तर कोरियाली अधिकारीहरुबीच तेस्रो देशमा गोप्य सम्पर्क !

犀利士 zed”>

जापान र उत्तर कोरियाली अधिकारीहरुबीच चीनसहित विश्वका तेस्रो देशहरुमा गोप्य सम्पर्क स्थापित गरेको एक कोरियाली अखबारले खुलासा गरेको छ ।

कोरियाको चर्चित डोङ ए इल्बोको सोमबारको संस्करणको पहिलो पृष्ठमा उत्तर कोरिया र जापानबीच चीन, सिंगापुर र अन्य स्थानमा गोप्य सम्पर्क भएको उल्लेख गरेको छ ।

जापान र उत्तर कोरियाली अधिकारीहरुले उत्तर कोरियाले जापानी नागरिकको अपहरण र उच्चस्तरीय सरकारी वार्ताको सम्भावना लगायतका विषयमा छलफल गरेको बताइएको छ । यद्यपि यसरी भएका गोप्य वार्तामा दुई देशबीचका असमझदारी अन्त्य गर्न भने असफल भएको उल्लेख छ ।

जापानले अमेरिकालाई भने उत्तर कोरियासँग सम्पर्क स्थापित गर्न लागेको विषयमा यसअघि नै जानकारी गराएको पनि पाइएको छ ।

दुई महिनाअघि जापानी प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको अपहरणमा परेका जापानी नागरिकको रिहाईका लागि उच्चस्तरीय वार्ता गर्ने बताएका थिए ।

उत्तर कोरियाले भने आफ्नो अपहरणमा कुनै जापानी नागरिक नरहेको स्पष्ट पारेको थियो । यद्यपि उसले जापानले सम्बन्ध सुधार गर्न चाहेमा उच्चस्तरीय वार्ताका लागि कुनै समस्या नहुने पनि उल्लेख गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?