
जापानमा खाद्य तथा पेय पदार्थका कम्पनीले जुलाईदेखि ३५ सयभन्दा बढी उत्पादनको मूल्य बढाउने वा मात्रा कम गर्ने योजना बनाएका छन् ।
निजी शोध कम्पनी तेइकोकु डाटाबैंकले देशभर १९५ कम्पनीमा सर्वेक्षण गरेको थियो ।
शोधका क्रममा ३ हजार ५६६ खाद्य तथा पेय पदार्थको मूल्य बढाउने वा मात्रा घटाउने योजना बनाएको पाइएको हो । यसरी मूल्य बढाइएका वस्तुमा हालै मूल्犀利士 यवृद्धि गरिएका वस्तु समेत छन् ।
सर्वेक्षणका अनुसार आयातित गहुँको मूल्य वृद्धिका कारण यसबाट बन्ने १ हजार ५७८ उत्पादनको मूल्य पनि अधिक बढ्नेछ । जुन कुल उत्पादनको ४० प्रतिशत हो ।
यसैगरी ८३६ खाद्य पदार्थ र ६१९ प्रकारका मसलाको मूल्यमा पनि वृद्धि हुनेछ । दूधको मूल्य वृद्धि भएका कारण अगस्टदेखि दुग्ध उत्पादनको पनि मूल्य बढाउने योजना छ ।
अक्टोबरमा ३ हजारभन्दा बढी उत्पादनको मूल्य बढ्ने तेइकोकु डाटाबैंकको अनुमान छ । यसमा मदिराको मूल्य समेत बढ्नेछ ।
शोध कम्पनीका अनुसार यसवर्ष २९ हजार १०६ वस्तुको मूल्य बढेको छ । जुन गत वर्षको कुल संख्या २५ हजार ७६८ भन्दा बढी हो । केही क्षेत्रमा सामग्रीको लागत उच्च नभए पनि विद्युत, श्रमको मूल्यमा उच्च वृद्धिका कारण मूल्य बढ्नेछ ।
केही उत्पादनको मूल्य बढेपछि बिक्रीमा गिरावट आएको छ । यसले उपभोक्ताहरु मूल्यवृद्धिले खुसी नभएको पुष्टि गर्छ ।







