जापानको क्युशु क्षेत्रमा भारी वर्षा, पहिरोको चेतावनी

पश्चिमी जापानको क्युशु क्षेत्रमा मुसलधारे वर्षा भइरहेको छ । मौसम अधिकारीहरुले शनिबारसम्म वर्षा जारी रहने र पहिरो समेत आउनसक्ने चेतावनी दिएका छन् ।

उनीहरुले भूस्खलन तथा बाढीजन्य विपद् आउनेतर्फ सचेत गराएका छन् ।

जापान मौसम विभागका अनुसार जापान सागरमा निम्न वायुमण्डलीय चापका कारण पश्चिमीदेखि उत्तरी जापानसम्म व्यापक क्षेत्रमा प्रभाव परेको छ ।

क्युशु क्षेत्रका केही हिस्सामा भूस्खलनको चेतावनी जारी गरिएको छ । मौसम अधिकारीहरुले क्युशु र छिमेकी यामागुची प्रिफेक्चरमा शनिबार बिहानसम्म ठूलो वर्षा हुनसक्नेछ ।

यस्तो अवस्थामा आकस्मिक वर्षा र विपद्को खतरा बढ्नसक्छ ।

जापान सागरको तटमा रहेको होकुरिकु र चुगोकु क्षेत्रमा पनि भारी वर्षाको अनुमान गरिएको छ । जहाँ आम रुपमा प्रशान्त क्षेत्रमा जती पानी पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?