
नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा बहुमत नजुटेपछि कार्की नेतृत्वको सरकार ढलेको हो ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । तर कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो ।
उनलाई एमालेका ४० र राप्रपाका ६ जना प्रदेशसभा सदस्यले मत दिएका छन् । विश्वासको मतको विपक्षमा ४३ मत खसेको छ ।
बैठकमा ८९ प्रदेश सभा 威而鋼 सदस्यमात्र उपस्थित भएका थिए । कार्कीले विश्वासको मत नपाएपछि अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।







