
जापानले अमेरिकी अन्तरिक्ष कम्पनीद्वारा उत्पादित स्टारलिङ्क उपग्रहको परीक्षण आरम्भ गरेको छ ।
स्थल, जल र वायु क्षेत्रको संचार सुरक्षाका लागि जापानले परीक्षण आरम्भ गरेको छ ।
जापानका रक्षामन्त्री यासुकाजु हामादाले जापानको आत्मरक्षा बलले आफ्नो संचार प्रणाली मजबुत गर्न चाहेकाले सो उपग्रहको परीक्षण गरेको जानकारी दिए ।
रुस युक्रेन युद्धका क्रममा युक्रेनको संचार प्रणालीमा अहम् भूमिका निर्वाह गरेको स्टारलिङ्क जापानका रक्षा संयन्त्रमा उपयोग गर्नु जरुरी रहेको मन्त्री हामादाले दाबी गरे ।
मन्त्री हामादाले अन्तरीक्षको सुरक्षित प्रयोगमा उत्पन्न जोखिम कम गर्न अति आवश्यक रहेको बताउँदै परीक्षणको नतिजापछि रक्षा मन्त्रालय उपग्रह संचारको प्रतिरोधी क्षमता बलियो बनाउने उल्लेख गरे ।







