जापानको योकोहामामा छुरा प्रहार गरी युवतीको हत्या

जापानको राजधानी टोकियो नजिकै योकोहामा सहरमा छुरा प्रहार गरी एक युवतीको हत्या भएको छ ।

बिहीबार बिहान योकोहामाकाृ चुरुमी वार्डमा रहेको अपार्टमेन्ट परिसरमा छुरा प्रहार भएको अवस्थामा १८ वर्षीया युवती अचेत अवस्था फेला परेकी थिइन् । उनलाई तत्काल अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि २० वर्षीया एक व्यक्तिले घटनास्थल नजिकै रहेको प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका थिए । उनले आफूले अपार्टमेन्टबाट निस्किएकी युवतीलाई छुरा प्रहार गरेको बताएका छन् ।

चुरुमी कुस्थित अपार्टमेन्ट परिसरबाट एक व्यक्तिले आफ्नी छोरी रगत लतपतिएको अवस्थामा फेला परेको भन्दै प्रहरीलाई फोन गरेका थिए ।

प्रहरीका अनुसार बिहान १० बजे २० वर्षीया युवक प्रहरी चौकीमा पुगेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनीहरुको सम्बन्धलाई लिएर यसअघि पटक पटक छलफल भएको जनाएको छ । ती युवाले हत्याको कारणबारे प्रहरीलाई बताएको विषय भने बाहिर ल्याइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?