
जापानमा एक भाषा विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीय बचन लिम्बु रहेका छन् ।
犀利士5mgनेपालको ताप्लेजुङ निवासी लिम्बु नागोया नाकामुरा वार्डमा रहेको इओयु भाषा विद्यालयमा अध्यनरत थिए ।
छात्रवासबाट विद्यालय जाने क्रममा रेल स्टेशन नजिकै ढल्न पुगेका लिम्बुको हृदयघातका कारण मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन् ।
स्टेशनमा ढलेका लिम्बुलाई तत्कालै मिनातोकुस्थित चुवु रोसाई अस्पतालमा भर्ना गरिएपनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
चार महिनाअघि मात्र विद्यार्थी भिषामा जापान आएका लिम्बुको शव नेपाल पठाउन विद्यलय तथा एनआरएनए नागोयाले संयुक्त पहल गरिरहेको छ ।
लिम्बुको शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने विद्यालयले प्रतिबद्धता जनाएको र आवश्यक कागजी प्रक्रिया पूरा भएपछि तत्काल नेपाल पठाइने जनाइएको छ ।







