स्वाधिनताका सवालमा कुनै कानुन र अदालतलाई मान्दिनँ : बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका छन् ।

विवादित फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएपछि उनले काठमाडौं महानगरभित्र हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेका छन् ।

सो निर्णयविरुद्ध उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै फिल्म प्रदर्शनमा रोक नलगाउन आदेश दिएको छ ।

त्यसलगत्तै बालेनले स्टाटस लेख्दै यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’

फिल्म आदिपुरुषका लेखकले नेपाल भारतको अधीनमा थियो भनेको प्रसंग उल्लेख गर्दै उनले उनीहरूको नियत प्रस्ट हुने बताएका छन् ।

उनले लेखेका छन्, ‘फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ ।’

यसको लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको उनको भनाई छ । उनले भनेका छन्, ‘फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

威而鋼

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?