५० प्रतिशत जापानी कम्पनी महिला सञ्चालक राख्न चाहन्छन्

जापानका ५० प्रतिशतभन्दा बढी कम्पनीहरुले आफ्नो सञ्चालक समितिमा महिला राख्नेबारे विचार गरिरहेको बताएका छन् ।

एनएचकेले गरेको सर्वेक्षणमा हालसम्म महिला सञ्चालक सदस्य नभएका कम्पनी अब महिला नियुक्त गर्न चाहन्छन् ।

टोकियो शेयर बजारका प्राइम वर्गमा सूचीबद्ध २४५ कम्पनीमा सर्वेक्षण गरिएको थियो । यी कम्पनीको यसै महिनामा शेयरधनीहरुको बैठक बस्दैछ ।

जसमध्ये १२० कम्पनीले सञ्चालक समिति सदस्यमा पहिलो पटक महिला सदस्य पनि राख्ने योजना बनाएका छन् ।

जापानमा शेयरधारक कम्पनीमा सञ्चालक समितिमा महिला अनुपात सुधार गर्न दबाब पर्दै गएको छ ।

तर सर्व犀利士 ेक्षणको जवाफ दिने अधिकांश कम्पनीले उनीहरु वकिल र विश्वविद्यालयका प्राध्यापक सहित बाहिरबाट महिला अधिकारीहरु ल्याउने बताएका छन् ।

केबल ६ कम्पनीले कार्यरत महिलालाई नै चयन गर्ने बताएका छन् ।

सर्वेक्षणबाट व्यापारीहरु आफ्ना कम्पनीमा कार्यरत महिलालाई जिम्मेवार पदका लागि योग्य बनाउनुको साता बाहिरबाट महिला ल्याउने विकल्प खोजिरहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?