ओकिनावामा समुद्रमा हराएका गोताखोरको उद्धार

जापानको तटीय सुरक्षा बलले ओकिनावा प्रान्तको ‘कोरल रिफ’ को उत्तरतर्फ पानीमा बेपत्ता भएका ७ जना गोताखोरलाई उद्धार गरेको छ ।

स्थानीय समयअनुसार अपराह्न तीन बजे हराइरहेका गोताखोरलाई बेपत्ता भएको दुई घण्टापछि उद्धार गरिएको एघारौं क्षेत्रीय तटरक्षक मुख्यालयले जनाएको छ ।
उनीहरूको खोजीका लागि हेलिकोप्टर तथा मोटरबाट चल्ने डुङ्गाको प्रयोग गरिएको थियो । हराएका सातै जनालाई सकुशल उद्धार गर्न सकिएको छ ।

तटीय सुरक्षा अधिकारीका अनुसार बिहान करिब १२ बजे ओकिनावाको मुख्य टापुको दक्षिणमा इटोमन सिटीनजिकै ‘रुकान रीफ’ बाट करिब ६०० मिटर उत्तरपूर्वको पानीमा डुबेर उनीहरु बेपत्ता भएको एक गोताखोर प्रशिक्षकले बताएका थिए ।

हराएका सात गोताखोरमध्ये पाँच जना गोताखोर यात्रामा सहभागी थिए भने अन्य दुई जना प्रशिक्षक थिए ।

ओकिनावा क्षेत्रीय प्रहरी मुख्यालयका अनुसार हेलिकप्टर र गस्ती डुंगाको खोजीका क्रममा हराएका गोताखोरहरूमध्ये ६ जना चट्टानबाट लगभग पाँच किलोमिटर दक्षिणपूर्वमा समुद्रमा फेला परेका थिए ।

हेलिकप्टरबाट अपराह्न करिब ३ बजे खिचिएको हवाई फुटेजका आधारमा एक गोताखोर चट्टानबाट करिब सात किलोमिटर दक्षिणपूर्वमा समुद्रमा तैरिरहेको समाचार जापानको सार्वजनिक प्रसारक एनएचके टेलिभिजनले प्रशारण गरेको थियो ।

जापानी तटीय सुरक्षा बलको मुख्यालयका अनुसार犀利士 बेपत्ता भएका सातै जना ‘ड्रिफ्ट डाइभिङ’ भनिने चट्टाननजिकै एक प्रकारको डाइभिङ गरिरहेको अवस्थामा फेला परेका थिए । यो डाइभिङको एक उन्नत रूप हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?