जापानी येन थप कमजोर, एक डलरका लागि १४२ येन तिर्नुपर्ने

जापानी येन थप कमजोर बन्दै जाँदा एक अमेरिकी डलरका लागि १४२ येन तिर्नुपर्ने भएको छ ।

जुन १९ को मध्यराति गत वर्षको नोभेम्बर यताकै कमजोर विनिमयदर कायम हुने क्रममा एक डलरको १४२ येनमा कारोबार भएको हो ।

पछिल्लो सात महिना यता पहिलो पटक जापानी येन यतिधेरै कमजोर बनेको हो ।

गत वर्षको नोभेम्बरमा येन दशकौं यताकै कमजोर बन्ने क्रममा १ डलरको १४७ येनमा झरेको थियो ।

अमेरिकी फेडरल रिजर्भ बोर्डले ब्याजदर बढाउने नीति अपनाइरहँदा बैंक अफ जापान (बीओजे) भने हालकै मौद्रिक सहजताका उपायहरु कायम राखेको छ । जसका कारण जापानी येनको बिक्री र डलर खरिदकर्ताहरु बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा येनको अवमूल्यन जारी छ ।

सोमबार मध्यरातमा अन्तर्राष्ट्रिय बजारको 必利勁 विनिमयदर हेर्दा मंगलबार जापानमा एक लाख नेपाली रुपैयाँका लागि १ लाख १० हजार जापानी येन आवश्यक पर्ने देखिन्छ ।

जबकि सोमबार एक डलरको १४१ येन हुँदा जापानबाट नेपालमा रेमिट्यान्स सेवा दिँदै आएका रेमिट्यान्स कम्पनीहरुले एक लाख नेपाली रुपैयाँका लागि १० मान ९ हजार ५ सय विनिमयदर कायम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?