अपांगता भएको बच्चा जन्मिएपछि नगर सरकारले तिर्ने भयो १५ करोड येन

जापानमा एक सहरले गर्भवती अवस्थामा पेटमा रहेको बच्चाको उचित उपचार नगर्दा अपांगता भएको बच्चा जन्मिएको ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

कुमामोतो सहरले भ्रुणमा समस्या भएका बेला नगरपालिका अस्पतालका डाक्टरले उचित उपचार नगरेको १५ करोड येन क्षतिपूर्ति तिर्नुपर्ने भएको हो ।

हिगासी वार्डस्थित कुमामोतो सिटी अस्पतालमा भ्रुण परीक्षण गरिएको र भ्रुणको अवस्था एक्कासी परिवर्तन भएको नगर सरकारले जनाएको छ ।

पछि बच्चाको जन्म हुँदा गम्भीर अपांगता पाइएको थियो । 犀利士 ती महिलाले यौनी प्रसवमार्फत बच्चालाई जन्म दिएकी थिइन् ।

प्रसूति हेरचाह क्षतिपूर्ति प्रणालीका लागि एक विश्लेषण समितिले सेप्टेम्बर २०२२ मा प्रसवसम्बन्धी चिकित्सा दुर्घटनाका पीडितहरुलाई उचित उपचार उपलब्ध नगराएको निष्कर्ष निकालेको थियो ।

कुमामोतो नगरपालिका सरकारले परिवारसँग क्षतिपूर्तिका लागि छलफल चलाइरहेको छ । नगर सरकारले अपांगता भएकोमा आवश्यक क्षतिपूर्तिको दायित्व समेत स्वीकार गरेको छ ।

नगरले क्षतिपूर्तिका लागि पूरक मस्यौदा बजेट १६ जुलमा सुरु हुने नियमित नगरसभा अधिवेशनमा पेश गर्ने तयारी गरेको छ ।

नगरपालिकाका एक अधिकारीले यस्ता घटनाको पुनरावृत्ति रोक्न डाक्टरहरुबीचको सहकार्य सुधार गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?