
जापानमा शुक्रबार ८ हजार ६३९ नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो बिहीबारको तुलनामा १५४ जनाले बढी हो ।
राजधानी टोकियोमा मात्रै शुक्रबार ८९३ जना नयाँ संक्रमित फेला परेका छन् । टोकियोमा भने बिहीबारको तुलनामा १५ जना कममा कोरोना पुष्टि भएको छ ।
जापानमा कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भई शुक्रबार ६८ जना अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरसका कारण शुक्रबार थप ४९ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
