जापानमा अब एक वर्षमै एईजु भिसा ? यस्तो छ सरकारको पछिल्लो योजना


टोकियो । जापानमा लामो समय बसोबासको योजना बनाएकाहरुलाई खुसीको खबर छ । जापान सरकारले प्रतिभाशाली विदेशी पेशाकर्मीहरूलाई प्राथमिकताका आधारमा आवासीय भिसा उपलब्ध गराउने नयाँ कार्यक्रम सुरु गर्ने भएको छ । जापानका विभिन्न समाचार संस्थाहरुले याे समाचार सम्प्रेषण गरेका छन ।

ती समाचारहरुमा जनाईए अनुसार तोकिएका नयाँ प्रावधान पुरा गर्न सके एक बर्षमा नै ’एईजु’ प्राप्त गर्न सकिनेछ । जापान सरकार मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले यस्तो योजना तय गरेको जापानको सार्वजनिक समाचार संस्था एनएचकेले जनाएको छ । समाचारमा जनाईए अनुसार जापान सरकारले अन्य देशका प्रतिभाशाली विशेष क्षमतावान हरुलाई आकर्षित गर्न एक नयाँ ‘रेसिडेन्सी’ कार्यक्रम सुरु गर्ने तयारी गरेको हो । योजना अनुसार योग्य विदेशी नागरिकहरूलाई असिमित जापान बसाईको अध्यागमन सुविधा दिइने उल्लेख गरिएको छ ।
यस विषयमा जापानका अन्य समाचार सस्थाहरुले पनि समाचार प्रकाशन गरेका छन् । कम्तिमा बार्षिक २ करोड लगभग १ लाख ४८ हजार डलर भन्दा बढि आम्दानी गर्ने यक्तिहरु यो योजना अन्तर्गत पर्न सक्ने भन्दै जापानको माईनिजि सिन्बुनले समाचार लेखेको छ ।

समाचारहरुमा जनाईए अनुसार वार्षिक ४ करोड येन वा ३ लाख डलर भन्दा बढी कमाउने र कम्तिमा पाँच बर्षको कार्य अनुभव भएका कर्पोरेट व्यवसायी वा प्रवधन्धकहरुलाई पनि यो नियमले समेटेको छ ।

त्यस्तै मास्टर डिग्री वा १० वर्ष भन्दा बढी कामको अनुभव भएका विदेशी अनुसन्धानकर्ताहरु र ईन्जिनियरहरु यो भिसा प्रणाली अनुसार ‘एईजु’ प्राप्त गर्न योग्य हुनेछन् । उनीहरूलाई अध्यागमन नियन्त्रणमा पनि प्राथमिकता दिइने जापान सरकारका मुख्य सचिवले जानकारी सार्वजनिक गरेका हुन् ।

त्यस्तै जापानकै विश्वविद्यालय वा जुनसुकै देशको विश्व विद्यालयबाट स्नातकोत्तर हासील गरेका विद्यार्थीहरुलाई पनि २ वर्षको विशेष भिसा उपलब्ध गराईने उल्लेख गरिएको छ ।

यस बाहेक जापानले ल्याउन लागेको नयाँ भिसा प्रणालीले जापानमा जागिर खोज्ने विश्वव्यापी उच्च शिक्षाको शिर्ष स्थानमा सूचीबद्ध विश्वविद्यालयहरूबाट स्नातक गरेकाहरूलाई पनि दुई वर्षसम्मको लागि मान्य विशेष भिसा उपलब्ध गराउने छ ।

शुक्रबार मन्त्रीपरिषद बैठकले गरेका निर्णय बारेको जानकारी दिँदै जापान सरकारका मुख्य क्याबिनेट सचिव मात्सुनो हिरोकाजुले ’प्रतिभाशाली विदेशीहरुलाई उपयुक्त र सहज रूपमा स्वीकार गर्ने पाउने’ विषयमा सम्बन्धित मन्त्रीहरूलाई जानकारी गराएका थिए ।

जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार विभिन्न शिर्षकका पोईन्टमा आधारित प्रणाली सन् २०१२ मे बाट सुरु भएको थियो । त्यस यता सन् २०२२ जुन सम्ममा अनुसन्धानकर्ता, इन्जिनियरहरू र कर्पोरेट प्रबन्धकहरू जस्ता करिब ३५,००० विदेशी नागरिकहरूले ’उच्च दक्ष पेशेवर’ को रूपमा ’एईजु’ प्राप्त गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?