जापानबाट यसरी जान सकिन्छ ‘सपनाको देश’ अमेरिका !

टोकियो । जापानमा विद्यार्थी वा रोजगारीको लागि आउनुभएका व्यक्तिहरुमा पछिल्लो समय संयुक्त राज्य अमेरिका घुम्ने रहर बढ्दै गएको छ । कतिपय व्यक्तिहरु गईरहनुभएको छ भने कतिपयको भिसा रद्ध समेत हुने गरेको छ । धेरै जनाको चासोका बीच हामीले तपाईहरुलाई सक्दो जानकारी दिन यो आलेख तयार पारेका छौँ ।

तपाई जापानमा कामदार भिसामा हुनुहुन्छ भने जापानबाटै प्रक्रिया पुर्यारएर अमेरिका घुम्न जान सक्नु हुन्छ । पछिल्लो समय जापानबाट अमेरिका जाने नेपालीहरुको संख्या पनि बढ्दै गएको छ ।

भिसा प्राप्त गर्न के कस्तो प्रक्रिया अपनाउनु पर्दछ ?
सुरुमा तपाईले अमेरिकन राजदूतावासबाट भिजिट भिसाका लागि प्राप्त हुने अनलाईन फारम भर्नु पर्दछ । उक्त फाराममा सोधिएका धेरै प्रकारका व्यक्तिगत विवरणहरु सहितको फारम भरेपछि तपाईले भिसा एप्लाई तथा अन्तरवार्ताका लागि समय लिनु पर्दछ । समय लिएपछि तपाई आफ्नो पासपोर्ट सहित ओरिजिनल डकुमेण्टहरुका साथमा जापान स्थित अमेरिकी राजदूतावासमा गएर अन्तरवार्ता फेस गर्नु पर्दछ ।

बुझ्नु पर्ने कुरा के छ भने, यदि अन्तरवार्ता पछि तपाईको पासपोर्ट तथा डकुमेण्ट एम्बेसीले राख्यो भने तपाईको भिसा आउने चान्स ९० प्रतिशत निश्चित हुन्छ । यदि तपाईको डकुमेण्ट वा अन्तरवार्ताको क्रममा कुनै कमजोरी भएमा तत्कालै भिसा रिजेक्ट भएको जानकारी गराउँछ । तर भिसा प्राप्त गर्नुभयो भने उक्त भिसाको अवधि ५ वर्षको हुन्छ । उक्त समयभित्र तपाई जति पटक पनि अमेरिका जान आउन सक्नु हुन्छ ।

जुटाउनु पर्ने आवश्यक डकुमेण्टहरु के के हुन ?
तपाईको पासपोर्ट, जाईरियु कार्ड, ४५X३५ को ह्व犀利士 ाईट ब्याकग्राउण्डमा भएको फोटो, तपाईँ हाल जापानमा बसोबासको प्रमाण अर्थात ज्युमिन्हो, काम गरिरहनुभएको प्रमाण अर्थात जाईस्योको स्योउमेइस्यो, खाजेई र नोजेई स्योउमेईस्यो, आवश्यक पर्दछ भने कम्पनीबाट विदा लिएको प्रमाण र यदि आफै जापानमा कम्पनी चलाईरहनुभएको छ भने कम्पनीको तोहोन पनि आवश्यक पर्दछ ।

त्यसै गरी तपाई अमेरिका घुमेर फर्किन पुग्ने रकम सहितको बैँक व्यालेन्स प्रमाणपत्र, लगायत अन्य डकुमेण्ट हरु पनि आवश्यक पर्दछ । तपाईका कोही आफन्त अमेरिकामा हुनुहुन्छ भने उहाँहरुको स्पोन्सर लेटर समेत डकुमेण्टमा समावेश गर्दा राम्रो हुन्छ । यद्यपी विद्यार्थी भिसा वाहकले भने आफ्नो पढाई पुरा गरी कामदार भिसा परिवर्तन भएपछि घुम्ने योजना बनाउनु राम्रो हुन्छ ।

यदि जापानबाट अमेरिका लगायत अन्य देशमा भिजिट भिसामा जान परेमा वा थप बुझ्न परेमा ईजि सोलुशन https://www.facebook.com/eazysolutions2023 लाई सम्झन सक्नु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?