जापानमा बिल तिर्न भूलेर ब्ल्याक लिष्टमा पर्नुभएको छ ? यसो गरे हट्न सक्छ

टाेकियाे । जापानमा हरेक काम सिस्टममा हुन्छ । जसले सिस्टमको पालना गर्दैन वा सिस्टमलाई वेवास्ता गर्छ उसलाई कालो सूची अर्थात ब्ल्याक लिष्टमा राखिन्छ । ब्ल्याक लिष्टमा एक पटक परिसकेपछि जापानमा हुने झन्झटको कुरै नगरौँ । भिसा देखि लिएर बैँक खाता खोल्न, घर किन्न, लोन लिन र मोवाईल तथा सिम कार्ड लिन समेत कठिन हुन्छ ।

आज हामीले यदि तपाईँ कुनै पनि प्रयोजनको लागि किस्तामा लिएको सामान वा क्रेडिट लोनको पैसा तिर्न नसकेर ब्ल्याक लिष्टमा परिहाल्नुभयो भने त्यसबाट कसरी आफू सुरक्षित हुने भन्ने विषयमा चर्चा गर्दै छाैँ ।

यदि ब्ल्याक लिष्टमा पर्नुभएको छ भने तिर्न बाँकी रकम नतिरेसम्म त्यसबाट आफ्नो नाम हट्दैन । तिर्न बाँकी रकम तिरेर मात्र पुग्दैन तपाईँले सम्बन्धित ठाउँमा फोन नै गरेर मैले विल क्लियर गरेको छु भनेर जानकारी गराउनै पर्ने हुन्छ । यदि तपाईँ क्रेडिट कार्ड प्रयोगकर्ता हुनुहुन्छ र ब्ल्याक लिष्टमा पर्नुभएको छ भने पूरै रकम तिरेपनि ५ वर्षसम्म तपाईँको नाम ब्ल्याक लिष्टबाट हटेको हुँदैन ।

र अर्को कुरा सामाजिक सञ्जालमा जापानमा रहेका मोवाईल कम्पनीका विभिन्न विज्ञापनहरु आईरहेका हुन्छन । कतिपय सिम कम्पनीहरुले सिम कम्पनी चेन्ज गर्दा सित्तैमा फोन दिनेसम्मका अफरहरु राखेका हुन्छन ।

ति अफरहरुमा लोभिएर एउटा कम्पनीको सिम लिएको ६ महिना नपुग्दै परिवर्तन अर्थात नोरीखाई गरेमा उक्त कम्पनीको सिम ५ वर्ष सम्म पुनः लिन नमिल्ने बनाईदिन सक्छ । तसर्थ यस्ता कुराहरुमा पनि विषेश सावधानी अपनाउनु पर्दछ । अतः तपाईँहरु जापानमा लामो समय बस्ने सोच बनाउनुभएको छ भने सबै नियमहरु पालना गर्नु उपयुक्त हुन्छ ।

ब्ल्याक लिस्ट कसरी थाहा पाउन सकिन्छ ?
जापानमा २ तरिकाले सजिलै ब्लयाकलिस्टमा परेको थाहा पाउन सकिन्छ ।

सिआईसी अर्थात् क्रेडिट इन्फरमेसन सेण्टरबाट जापानमा प्रवेश गरेपछि प्रयोग गरेको सबै नम्बर र जन्म मिति दिएर सम्पूर्ण क्रेडिट वा लाेनमा लिएको रकम बारे जानकारी लिन सकिन्छ ।

अर्कों जेआईसीसीको एप्लिकेसन प्रयोग गरेर क्रेडिट इन्फरमेसन लिन सकिन्छ ।

आफुलाई क्रेडिट बारे जानकारी लिन परेमा माथिका २ कम्पनीमा सजिलै बुझ्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?