जापानी भाषा अध्ययनरत विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि ध्यान दिनु पर्ने कुराहरू

नेपाल सन्देश, डेस्क । यदि तपाई हाल जापानको भाषा विद्यालयमा अध्ययन गर्दै हुनुहुन्छ भने, यो तपाईको यो पहिलो चरण मात्र हो । भाषा अध्ययन पुरा गरेपछि तपाईंले उच्च शिक्षाका लागि विद्यालय विद्यालय परिवर्तन गर्न आवश्यक हुनेछ । तर त्यो प्रकृया त्यति जटिल भने छैन ।

यदि तपाईं जापानको पढाइ जारी राख्ने योजना गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो विद्यार्थी भिसालाई निरन्तरता दिनु पर्दछ । नाममा एउटै विद्यार्थी भिसा भए तापनि, त्यहाँ वास्तवमा भिसा तथा शिक्षा प्रणालीका वर्गहरू छन् l

विद्यालय मध्ये विश्वविद्यालय “सबैभन्दा बलियो“ मानिन्छ । भिसा परिवर्तनका लागि तपाईं आफैले आवेदन दिन सक्नुहुन्छ, यद्यपि तपाईंको हालको विद्यालयले तपाईंलाई सहयोग भने गर्नुपर्ने हुन्छ ।

आउनुहोस अव चर्चा गरौँ तपाइँ अध्ययन गरिरहेको भाषा स्कुलबाट अर्को भोकेशनल वा विश्वविध्यालयमा परिवर्तन गर्दा तपाइँलाई चाहिने कागजपत्रहरुबारे ।

तपाईंको हालको विद्यालयबाटः जापानी भाषा विद्यालयमा हाजिरी रेकर्ड र तपाईको ग्रेडको ट्रान्सक्रिप्ट

तपाईको नयाँ विद्यालयबाटः भर्नाको प्रमाणपत्र र भिसा आवेदन फारम

तपाईका व्यक्तिगत विवरणहरु ः तपाईंको जाईरु कार्डको अगाडी र पछाडिको प्रतिलिपि, तपाईंको राहदानीकाे मुख्य पृष्ठ र हालको भिसाको प्रतिलिपि ।

यी कार्यहरुका लागि अध्यागमन शुल्क 4000¥ लाग्दछ ।

यदि तपाइँको विद्यालयले नै तपाइँको लागि तपाइँको आवेदन पेश गर्दैछ भने यसको लागि शुल्क विद्यालयलाई नै बुझाए हुन्छ ।

यदि तपाईं भोकेश्नल स्कूल (सेनमोन गाकोउ) मा जाँदै हुनुहुन्छ भने, तपाईंले पेश गर्नुपर्ने कागजातहरु के हुन त ? आउनुहोस यसबारे पनि चर्चा गरौँ ।

हालको तपाईंको बैंक बुकको प्रतिलिपि आवस्यक पर्न सक्छ । यदि तपाईंसँग बैंकीङ कारोबार मार्फत रकम पठाउने वा प्राप्त गर्ने गर्नूभएको छ भने तपाईंलाई बैँक ट्रान्जिक्सन रसिदहरूको प्रतिलिपिहरू चाहिन सक्छ । यदि तपाईं नेपाल जानुभएको थियो र तपाईँले ठूलो मात्रामा नगद ल्याउनुभएको थियो भने नगद रकमको ल्याएको एप्रुभल पेपर आवश्यक पर्ने हुन्छ ।

ध्यान दिनुपर्ने कुरा के हो भने, यदि तपाइँको विद्यालयमा तपाइँको उपस्थिति धेरै राम्रो छैन भने, तपाईको भिसा अस्वीकार हुन सक्छ । यो निर्णय विद्यालयको काबुभन्दा बाहिर छ, यदि अध्यागमनले तपाईको उपस्थितिको विषयलाई लिएर अर्को विद्यालयमा पनि तपाई खराब विद्यार्थी बन्नुहुन्छ कि भन्ने ठान्यो भने भिसा रोकिन पनि सक्दछ ।

यसमा अध्यागमनले तपाईलाई दोश्रो मौका नदिन पनि सक्छ । र तपाईले अध्यागमनको निर्णय विरुद्धमा अपील गर्ने कुनै तरिका पनि छैन । त्यसका लागि तपाईले आफ्नो विद्यालयमा राम्रो उपस्थिति जनाएको हुनैपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?