भारी हिमपातका कारण जापानमा ३ जनाको मृत्यु

जापानमा भारी हिमपातका कारण ३ जनाको मृत्यु भएको छ । हिमपातका कारण अघिकांश क्षेत्र हिउँले ढाकिएका छन् भने मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् ।

राजमार्गहरु अवरुद्ध हुँदा ठूलो संख्यामा सवारी साधनहरु अलपत्र परेका थिए ।

स्थानीय रेल सेवा र लामो दूरीका रेल सेवा ढिलाई र रद्द भएका थिए ।

उत्तरी तथा पश्चिमी जापानका अधिकांश भूभागका साथै कान्तो कोसिन क्षेत्रमा तापमान अत्यधिक चिसो भएको थियो ।

एक दशकयताकै चिसो महसुस गरिएको जापान मौसम विभागले जनाएको छ ।

दक्षिण कुमामोतोको एक स्थानमा तापक्रम माइनस ९ डिग्रीसम्म झरेको थियो । यो सन १९७७ यताकै चिसो हो । देशका अन्य स्थानमा पनि तापमान कीर्तिमानी न्यून स्तरमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?