अपडेट : पोखरामा भएको जहाज दुर्घटनामा उद्धार कार्य जारी, भीडका कारण कठिनाई (तस्विरहरु सहित)

पोखरा । पोखरामा भएको यती एयरलाइन्स दुर्घटनापछि अहिले उद्धार कार्य चलिरहेको छ । दुर्घटनापछि अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धार जारी राखेका छन् ।
अहिलेसम्म २५ बढीलाई दुर्घटनास्थलबाट निकालिएको छ । उनीहरुको अवस्थाका बारेमा अहिले भन्न नसकिने प्रहरीले जनाएको छ ।


काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एएनसी एटीआर जहाज आज बिहान दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।


उहाँका अनुसार जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जहाज सेतीको खोँचमा खसेको र उद्धारको काम जारी रहेको उहाँले जानकारी दिनुभयो ।


जहाज दुर्घटनाको करिब ५ मिनेटपछि जहाजमा आगो लागेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन । पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको सेती नदी खोँचमा जहाज दुर्घटनामा परेको हो । दुर्घटनाबारे अरु विवरण भने प्राप्त हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?