भाउजूलाई करेन्ट लागेपछि बचाउन खोज्दा देवर–देवरानीको मृत्यु

दाङमा भाउजूलाई करेन्ट लागेपछि बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–२ बाहुनेपाटाका २८ वर्षीय बासु गाहामगर र उनकी श्रीमती २५ वर्षीया हिमाको मृत्यु भएको हो ।

करेन्ट लागेका दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेकी भाउजू २७ वर्षीया भिमा गाहा मगर भने घाइते भएकी छन् ।

सोमबार दिउँसो कपडा सुकाउँदा भिमालाई करेन्ट लागेपछि उनकी देवरानी हिमा बचाउन पुगेकी थिइन् । उनलाई पनि करेन्ट लागेपछि श्रीमती र भाउजु बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काएका थिए । तर तार चुँडिएर उनको शरीरमा परेपछि दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुवै जनाको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । सुरुमा करेन्ट लागेकी भिमाको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?