नेपालीलाई खुशीको खबर: जापानले कृषि र उधोगका लागि ५ लाख कामदार भित्र्याउने

जापानले कृषि र उद्योगका लागि ५ लाख भन्दा बढी विदेश कामदार भित्र्याउने निर्णय गरेको छ ।

सिन्जो आबे सरकारले मंगलबार यी दुबै क्षेत्रमा रहेको कामदार अभावलाई पूर्ति गर्न सन् २०२५ सम्म विदेशी कामदार ल्याउने निर्णय गरेको हो ।

अर्को महिनाको मध्यतिर आउने आबे सरकारको आर्थिक नीतिमा कामदार भित्रयाउने निर्णय आवश्यक परिमार्जनसहित समावेश हुने समाचार संस्था क्योदोले जनाएको छ ।

जापान जानुअघि विदेशी कामदारले जापानी भाषा परीक्षा पास गर्नुपर्नेछ। कृषि, निर्माण, पानीजहाजलगायतमा काम पाउने उनीहरु ५ वर्ष जापान बस्न पाउनेछन् ।

तालिम गर्न गएका कामदार परीक्षा पास गरेपछि १० वर्षसम्म पनि बस्न सक्नेछन् ।

विदेशी कामदारले परिवारका सदस्यलाई भने जापान लैजान पाउने छैनन् ।

एक तथ्यांकअनुसार अहिले जापानमा झन्डै १२ लाख ८० हजार विदेशी कामदार छन् ।

ती मध्ये चीनका २९, भियतनामका १९, फिलिपिन्सका १२, ब्राजिलका ९ र नेपालका ५ प्रतिशत छन् ।

सरकारले नै कार्यक्रम सञ्चालन गरेर विदेशी कामदार भित्र्याउन लागेको भने यो पहिलो पटक हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?