आज बिहान: काठमाडौंको तापक्रम अत्यन्तै न्यून

काठमाडौंको बिहीबार विहानको न्युनतम तापक्रम न्युन रहेको छ । जसका कारण काठमाडौंमा अघिल्लो दिनको तुलनामा थप चिसो भएको छ ।

बिहीबार विहानको न्युनतम तापक्रम एक दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । राति आकाश खुलेकाले चिसो बढेको मौसमविदहरुको भनाई छ । साँझ परेपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल नबनेकाले आकाश खुलेको र देशभरि नै चिसो बढेको मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार राति आकाश खुला भएपछि बिहान पर्ने शीत र तुसारोका कारण चिसो बढ्छ । तर राति बादल लागे न्यानो बढ्छ । चिसो बढेपछि देशभरि कै जनजीवन प्रभावित भएको छ ।

काठमाडौं

 

तराई र हिमालको जनजीवन कष्टकर बनेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री, जोमसोमको माइनस ३ दशमलव २ र जीरीको माइनस २ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?