पश्चिम रूकुममा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु, तीन गम्भीर

२० पुस, पश्चिम रूकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ९ सिम्लीमा ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

ट्रयाक्टर करिब ३० मिटर तल खसेको स्थानीयवासीले जनाएका छन् । दुर्घटनामा रुकुम पश्चिम आठबीसकोट नगरपालिका-११ गोइरीका प्रेम कामीको मृत्यु भएको हो ।

सोही ठाउँका उत्तम कामी, गणेश पुन र कैलाली घर भएका ट्रयाक्टर चालक रामसागर चौधरी घाइते भएका छन् ।

आठबीसकोट घर भएका दलिबहादुर विक सामान्य घाइते भएको घाइतेका आफन्त प्रेम विकले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?