मेस्सिले आफ्नो पारिवारिक जीवनबारे यसो भन्छन्

बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सीले चौथोपटक युरोपियन गोल्डेन बुट अवार्ड पाए। सन् २०१६–१७ को सिजनमा लालिगामा सर्बाधिक ३७ गोल गरेपछि उनलाई सो अवार्ड दिइएको थियो। चौथोपटक युरोपियन गोल्डन बुट हात पार्दै मेस्सीले रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका हुन्। यसअघि रोनाल्डोले पनि त्यतिनै पटक गोल्डेन जुत्ता हात पारेका छन्।

अवार्ड बराबरी गरेपछि मार्कासँग अन्तर्वाता दिदैँ मेस्सीले पारिवारिक जीवनका बारेमा धेरै कुरा खोलेका छन्। मेस्सीले दिएको अन्तर्वाताको सम्पादित अंशः–

१३ वर्षे उमेरमा पूर्ण जोशका साथ बार्सिलोना प्रवेश गरेको बालक(मेस्सी)ले बार्सिलोनामा अब के गर्न बाँकी रह्यो?
मेरो सपना र चाहनाहरु अझैपनि उस्तै(बार्सिलोनाका लागि बढी भन्दा बढी ट्रफी जित्नु) छन्। अवश्यपनि, मैले बार्सिलोनामा धेरै समय बिताएको छु। त्यसबीच मैदान भित्र र बाहिर धेरै घटनाहरु पनि घँटे।

अब तपाईसँग चारवटा गोल्डेन जुत्ता भयो। जब यी ट्रफीहरु हेर्नुहुन्छ तपाईको दिमागमा के चल्छ?
ट्रफी भनेको तपाईले ‘डेलिभर’ गर्ने मेहनतलाई पहिचान गर्ने सुन्दर तरिका हुन्। तर, म सधै भन्ने गर्छु मेरो सम्पत्ती भनेको मैले व्यक्तिगत रुपमा पाउने अवार्ड हैनन्। मलाई त अर्को च्याम्पियन्स लिग र लालिगा जित्न मन छ। त्यो मेरो प्राथमिकतामा पर्छ। तर, ट्रफीहरुले व्यक्त गर्ने अर्थले तिनीहरु घरमा हुनुको सुन्दर पक्ष पनि छ।

एंटोनला रोकोजियो(प्रेमिका हुँदै श्रीमती)सँगको दीर्घकालिन सम्बन्ध र सन्तानको जन्मबाट तपाईको पारिवारिक जीवनमा कस्तो परिवर्तन आयो?
यसले मेरो जीवनमा निकै परिवर्तन ल्यायो। पारिवारिक जीवनमा प्रवेश गरेपछि हामी विभिन्न कुराहरुलाई भिन्न तरिकाले हेर्न थाल्छौ। पिता बन्नु मेरो जीवनमा घटेको सबैभन्दा सुन्दर क्षण मध्येको एक थियो। हामीसँग दुई सन्तान छन् र तेस्रोका लागि प्रतिक्षारत् छौँ। पहिलो सन्तान प्राप्ती हुँदाको क्षण अविस्मरणीय थियो, दोस्रोमा पनि त्यस्तै भयो र अब पनि त्यस्तै हुने आशा छ।

मेस्सीको परिवार

मेस्सीको परिवार

सन्तानसँग तपाईको दैनिकी कसरी बित्छ?
मेरो दैनिकी प्रायः बच्चाहरुकै वरपर बित्छ। म बिहानै तिनीहरुलाई स्कुल पुर्याउन जान्छु। जब मेरो अभ्यास सकिन्छ म त्यहाँबाट सिँधै थियागो(जेठो छोरा)लाई स्कुलबाट ल्याउन जान्छु। थियागोको स्कुल सकिएपछि बेलुकाको खाना नहुञ्जेल एंटोनला र माटियो(कान्छो छोरा) सँगै हामी समय बिताउँछौ। त्यसपछि एंन्टोनला र म बच्चाहरुलाई बेडमा लैजान्छौ। अन्य सामान्य परिवार जस्तै हाम्रो परिवार पनि चलिरहेको छ।

मेस्सी

के बच्चाहरुले तपाईलाई घरमा सँगै फुटबल खेलौं भन्छन्?
बच्चाहरुले प्रायः मलाई उनीहरुसँग फुटबल खेलौं भनेका छैनन्। कहिलेकाँही भन्छन् पनि। कान्छो छोरा मटियोले पनि भन्ने गर्छ। थियागो प्रशिक्षणमा जान सुरु गरिसकेको छ। तर, कहिलेकाँही बाहेक प्रायः उनीहरुले मसँगै खेलौं भनेका छैनन्।

मेस्सी को हो? भनेर तपाईका बच्चाहरुले बुझेका छन् त?
माटियोलाई भने स्पष्ट रुपमा थाहा छैन्। जब कुनै नयाँ मानिस आएर मलाई फोटो र अटोग्राफको लागि मलाई अनुरोध गर्छ, उसलाई आश्चार्य अनुभव हुन्छ। उसले अहिल्यै मेस्सी को हो भनेर बुझ्ने कुरो पनि भएन्। थियागोले पुरै चाँही हैन, केही बुझ्न थालेको छ। उसलाई स्टेडियम जान र खेल हेर्न पनि मन पर्छ। कहिलेकाँही घरमा हुँदा समर्थकले जस्तै उसले पनि मलाई मेस्सी भनेर बोलाउने गर्छ। तर, उसले पनि मेस्सी को हो भनेर पुरै अझै बुझिसकेको छैन्।

तपाईलाई खाना बनाउँन कतिको मन पर्छ?
साच्चै भन्ने हो भने, खाना बनाउँन मलाई त्यति मन पर्दैन्। म केही बनाउँन त अवश्य सक्छु तर, त्यो नखुलाऔ होला।

त्यस्तो कुनै चिज छ, जुन तपाईलाई असाध्यै मनपथ्र्यो तर तपाईको डाइटबाट हटाइएको होस?
त्यो चकलेट हो, मेरो डाइटबाट चकलेट हटाउँदा मलाई असाध्यै गाह्रो लाग्यो। अहिलेपनि बारम्बर म डाइटमा चकलेट भइदिए हुन्थ्यो भनि सम्झिरहेको हुन्छु।

के अचेल पनि तपाईलाई दिउँसो एकचोटी ननिदाएर हुँदैन?
छैन, अचेल छैन्। सत्य के हो भने, म आजकाल दिउँसोको निद्रालाई खुब ‘मिस’ गर्छु। जब म राष्ट्रिय टोलीमा थिए, त्यसबेला दिउँसो सुत्ने चान्स पाइन्थ्यो। पिता भएपछि अचेल त मसँग दिउँसो सुत्ने समय नै हुँदैन्।

के तपाइसँग बढी म्याचहरु हेर्ने समय हुन्छ? तपाई बढी चाँही प्रतिस्पर्धाहरु हेर्न रुचाउनुहुन्छ?
हुन्छ, मलाई मनपर्छ पनि। आज पनि म उतिकै फुटबल फलो गर्छु। सामान्यतया म सवै फुटबल प्रतिस्पर्धाहरु हेर्ने गर्छु। स्पेन, इंग्ल्याण्ड र अर्जेन्टिनाका लिगहरु बढी हेर्छु। म थोरैभएपनि सबै फुटबल फलो गरिरहेको हुन्छु।

लिगा वान पनि? (मेस्सीका पूर्वसहकर्मी नेमार पेरिस सेन्ट जर्मनबाट फ्रान्स लिग फुटबल, लिगा वान खेल्ने गर्छन्)
हो, पहिलेको भन्दा अहिले अलि बढी।

नेमारसँग मेस्सी

नेमारसँग मेस्सी

आक्रमक खेल पस्कने बार्सिलोनाले यस सिजनमा रक्षात्मक खेलिरहेको छ नि, किन?
नेमारको बहिर्गमन हाम्रो खेल परिवर्तन हुनुको मुख्य कारण रह्यो। नेमारको बहिर्गमनले हामीले आफ्नो आक्रमक खेल गुमायौ तर, त्यसले हामीलाई रक्षात्मक तहमा अझै मजबुद बन्न सिकायो। रक्षा पन्तिमा सुधार आउनुले हाम्रो टिम अझै ब्यालेन्स बनेको छ।

लिओनल मेस्सी हुन् कति सजिलो छ?
म एउटा सामान्य मानिस हुँ, जसले पारिवारिक जीवन बिताइरहेको छ। अर्को तर्फ सत्य के पनि हो भने, म पनि अन्य मानिसहरु झै सामान्य जीवन जिउन चाहान्छु। जहाँ मलाई सबैले सामान्य कुरामा पनि घेरि नरहोस।

भविष्यका बारेमा तपाईले के सोच्नु भएको छ? प्रशिक्षक बन्न मन छ कि एक्लै कतै गल्फ खेलेर समय बिताउने सोच्नु भएको छ?
मलाई थाहा छैन्, म भविष्यमा के गर्छु। धेरैपटक फुटबल करिअरको समाप्तीसँगै मैले परिवारसँग समय विताउँने भनेको छु। त्यसको अर्थ म पूर्ण रुपमा परिवारसँग सेटल भएर बस्ने पनि हैन्। म सधै भन्ने गर्छु, मैले आफूलाई कहिल्यै प्रशिक्षक बनौला भनेर सोचिन्। केहीवर्ष पछि त्यो परिवर्तन पनि हुन सक्छ। तर, मसँगै अझै केही वर्ष बाँकी छ। जब फुटबल करिअर समाप्त गर्ने दिन नजिकिन्छ त्यसपछि के गर्ने सोच्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?